ललितपुर, १९ असोज । ललितपुरमा शुक्रवारदेखी नेपाल–चीन एक्स्पो सुरु भएको छ । ललितपुरको पाटन दरबार स्क्वाएरमा शुरु भएको मेलामा नेपाल र चीनमा उत्पादित बिभिन्न सामग्रीहरु राखिएका छन ।
एक्स्पोको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले एक्सपोले नेपाल र चीनबीचको समबन्धलाई अझ मजबुद बनाउन सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणताका दुइदेशबीच ट्रान्स–कनेक्टीभिटिमा जोडिने सहमती भएकोमा त्यसको कार्यान्वयनमा एक्स्पोले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
अरनिको सांस्कृतिक तथा व्यवसायिक प्रवद्र्धन समाजले आयोजना गरेको उक्त एक्सपाले नेपाल र चीनबीचको व्यापार र संस्कृतिको प्रवद्र्धन सहयोग पुग्ने आयोजकको भनाई छ । ५ दिनसम्म चल्ने एक्स्पोमा दुबै देशका गरी करिव १ सय वटा स्टल रहेका छन ।