एजेन्सी, ९ असोज । माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी नेता इब्राहिम मोहमद सोलिह निर्वाचित भएका छन् ।
माल्दिभ्समा भएको चुनावमा निकै शक्तिशाली मानिएका वर्तमान राष्ट्रपति अब्दुल्ला यामिन आश्चर्यजनक रूपमा पराजित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको चुनावी मतपरिणाम अनुसार इब्राहिमले ५८.३ प्रतिशत मत पाउनु भएको हो । निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै सोलिहको माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) का समर्थकहरुले सडकमा खुशीयाली मनाउँदै नाचगान सुरू गरेका छन् ।
चुनावी नतिजाप्रति राष्ट्रपति यामिनले कुनै प्रतिक्रिया दिएका छैनन् । माल्दिभ्समा यस चुनावमा २ लाख ६२ हजार मतदाता रहेका थिए । नवनिर्वा्चित राष्ट्रपति सोलिहले राजनीतिक बन्दीहरूलाई तत्काल जेलमुक्त गर्न आग्रह गर्दै जनताको इच्छालाई सम्मान गर्ने बताएका छन् ।




