सिके राउतलाई विखण्डनको बाटो छाड्न आहवान : महन्थ ठाकुर | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

सिके राउतलाई विखण्डनको बाटो छाड्न आहवान : महन्थ ठाकुर

mahantha thakur

काठमाडौं,४ असोज । राजपा अध्यक्ष महन्थ ठाकुरले सिके राउतलाई विखण्डनको बाटो छाड्न आहवान गरेका छन् ।

विहिवार बीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा राजपा अध्यक्ष महन्थ ठाकुरले सिके राउत संग पटक पटकको भेटमा आफुले विखण्डनको बाटो छाड्न आग्रह गरेको बताएका छन् । मधेशलाई अलग देश होइन, देश भित्रको मधेशको कल्पनागरि संघर्ष गर्न राउतलाई ठाकुरले सुझाव समेत दिएका छन् ।

नेता ठाकुरले मधेश प्रति रहेको विभेद तथा संवैधानिक त्रृटीलाई सच्चयाउने लक्ष्य सहित शान्तिपूर्ण संघर्ष गर्ने बताउदै आगामी चैत्रदेखि सडक सर्घषका कार्यक्रम संचालन गर्ने समेत जानकारी गराएका हुन् । चारजना प्रधानमन्त्रीले पटक पटक गरेको सम्झौता कार्यन्यवन नभएको भन्दै नेता ठाकुरले अहिलेसम्म पनि रेशम चौधरी लगायत सयौ नेता कार्यकर्ता लाई अहिलेपनि राज्यले मुद्दा लगाएर दुःख दिएको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);