अव्यवहारीक र अवैज्ञानिक कर तत्काल खारेज गर्न राप्रपाको माग | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

अव्यवहारीक र अवैज्ञानिक कर तत्काल खारेज गर्न राप्रपाको माग

काठमाडौं, ३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले लगाएका अवैज्ञानिक कर फिर्ता गर्न माग गरेको छ । पार्टीको काठमाडौंमा दुई दिनसम्म चलेको केन्द्रिय समितिको बैठकले स्थानीय प्रदेश तथा संघीय सरकारले लगाएका अस्वभाविक कर हटाउन माग गरेको हो ।

राप्रपाले दोहोरो-तेहोरो हुने गरि लगाएको करले न्युन आय भएका सर्वसाधारणको जीवनयापन कष्टकर बन्दै गएको प्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कमल थापाले जनतालाई कष्ट दिने अव्यवहारीक र अवैज्ञानिक कर तत्काल खारेज गर्न माग गरेका हुन् ।

देशमा पछिल्लो समय बढेको हत्या, हिंसा, बलात्कार र नागरिक सुरक्षाका लागि सरकार कमजोर भएको निष्कर्ष निकालेको अध्यक्ष थापाले बताए । राप्रपाले कंचनपुर घटनामा सरकार नक्कली अपराधी खडा गर्ने, घटनाको प्रमाण नष्ट गर्ने कार्यमा राज्यको संयन्त्र प्रयोग भएको आरोप लगाएको छ ।

अध्यक्ष थापाले सरकार आफै घटनाको ढाकछोप गर्ने कार्यमा लागेको हो कि भन्दै निर्मला पन्तको हत्यामा संलग्नको खोजि गरि कारबाही गर्न र परिवारलाई न्याय दिन माग गरे ।

राप्रपाको केन्द्रिय समितिको बैठकले समान विचार धारा रहेका राजनैतिक दलहरुसँग सहकार्य एकता र वार्ता गर्ने सम्पूर्ण जिम्मा पार्टी अध्यक्ष थापालाई दिएको छ । यस्तै बैठकले हिन्दु राष्ट्र पुनस्थापना जागरण अभियानलाई प्रदेश १ र गण्डकी प्रदेश बाहेक बाँकि सबै स्थानीय तहमा पु-याउने निर्णय पनि गरेको छ ।