काठमाडौं, १ असोज । सहिद स्मारक ए डिभिजन लिग अगाडी एन्फाले ट्रफि टुर गर्दैछ, जुन आजबाट सुरू हुने भएको छ ।
आगामी असोज १३ देखि सुरु हुँने सहिद स्मारक ए डिभिजन लिगको पुर्वसन्ध्यामा सुरु भएको ट्रफी टुर आज त्रिपूरेश्वर स्थित दशरथ रंगशालामा राखिनेछ । लिग ट्रफीलाई काठमाडौं उपत्यकाको सात स्थानमा भ्रमण गराइने एन्फाले जनाएको छ । ‘स्कोर अ गोल’ नाम दिइएको ट्रफी टूरमा नेपालका अन्तर्रा्ष्ट्रिय खेलाडी, प्रशिक्षक र सेलिब्रेटीहरुको समेत उपस्थिती रहने छ ।
यो टूर काठमाडौंका पाँच विद्यालय तथा ललितपुर र भक्तपुरको एक–एक स्थानमा संचालन हुनेछ । विस १९९१ मा राम जानकी ट्रफीको नाम दिइएको यो ट्रफी प्रजातन्त्रको स्थापनापछि लगातार तीन पटक नेपाल पुलिस फोर्सले जितेको थियो ।
त्यसपछि प्रजातन्त्र प्राप्तिका लागि जिवन आहुती दिएका सम्पूर्ण सहिदको सम्झनामा यो ट्रफीलाई सहिद स्मारक ए डिभिजन लिग ट्रफी भनिएको हो । जुन ट्रफी लिगको विजेतालाई प्रदान गरिनेछ ।