बोक्सीको आरोपमा सासुको हत्या गर्ने बुहारी सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८३, शनिबार

बोक्सीको आरोपमा सासुको हत्या गर्ने बुहारी सार्वजनिक

दाङ, १६ भदौ । दाङको तुलसीपुरमा बुहारीले सासुको हत्या गरेकी छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बोक्सीको आरोपमा बुहारी टंकी रावतले सासु खोपी रावतको हत्या गरेकी हुन् । सासुको हत्या गर्ने बुहारी टंकी रावतलाई आज प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

बुहारीले सासुलाई सल्यानको कपुरकोट लगेर भदौ ५ गते जंगलमा हत्या गरेको प्रहरी जनाएको छ । सासुको हत्या गर्ने बुहारीलाई प्रहरीले शनिबार विहान पक्राउ गरेको हो ।