बासको भाटाले हानेर बुहारीले गरिन् सासुको हत्या, नातिनी पनि पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

बासको भाटाले हानेर बुहारीले गरिन् सासुको हत्या, नातिनी पनि पक्राउ

धनुषा,१६ साउन । कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
 गणेशमान चारनाथ नगरपालिका–५ टडिया बस्ने ७५ वर्षीया बकुलती देवी यादवको हत्या गरेको अभियोगमा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा उनकै माईली बुहारी ३५ वर्षीया ईन्दिला यादव र जेठो छोरो पट्टीकी नातिनी २२ वर्षीया सुसिला यादव रहेका छन् ।
घरायसी बिबादका कारण ईन्दिला यादव र सुसिला यादवले बाँसको भाटाले कुटपिट गर्दा बकुलती देवीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केबर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);