यस्तो छ बिमस्टेकमा आएका पाहुनाको आकस्मिक उपचार व्यवस्था | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

यस्तो छ बिमस्टेकमा आएका पाहुनाको आकस्मिक उपचार व्यवस्था

काठमाडौं, १४ भदौ । सरकारले बिमस्टेक सम्मेलनमा सहभागी पाहुनाहरुको उपचारका लागि आकस्मिक तथा नियमित स्वास्थ्य उपचारको व्यवस्था मिलाएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । सरकारले बिमस्टेक सम्मेलनमा सहभागी हुने पाहुँनाहरुका कुनै पनि सुविधा कमी नहोस भनेर काम गरिरहेको सरकारले स्वास्थ्य उपचारका लागि हेलिकोप्टर सहितको रेस्क्यु टिम तयार पारेको छ ।

सरकारले सम्मेलनमा सहभागी पाहुनाको स्वास्थ्यमा आउन सक्ने आवश्यक अवस्थालाई मध्यनजर गर्दै वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, पाटन अस्पताल र नेपाली सेनाको अस्पतालमा उपचारको व्यवस्था मिलाइएको हो ।

सरकारी अस्पताल बाहेक नर्भिक र नेपाल मेडिसिटी अस्पताललाई पनि तयारी अवस्थामा रहन भनेको थियो । सरकारको निर्देशन अनुरुप ४८ घण्टाका लागि मेडिसिटीले हेलिकप्टर सहित तयारी अवस्थामा राखेको छ ।

साथै पाहुनाको स्वास्थ्यलाई ख्याल गर्दै सोल्टी होटलस्थित सम्मेलन स्थलमा समेत चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य उपकरणसहितको टिम टोली रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);