सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन : अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन : अध्यक्ष दाहाल

prachanda

चितवन, २६ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संघीय, प्रादेशिक र स्थानीय तहमा निर्धारण गरिएको कर सम्बन्धमा सरकारले समिक्षा गर्ने बताएका छन् । शनिबार चितवनको भरतपुर बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले सरकारले आफ्ना कामको समिक्षा गर्ने बताएका हुन् ।

अध्यक्ष दाहालले जनअपेक्षा अनुरुप सरकारका कार्बाही अघि बढ्न नसकेको स्वीकार गरे । तीनै तहका सरकारले लगाएको करको मारमा जनतालाई पार्न नहुने भन्दै उनले सरकारका कामको गम्भीर समिक्षा गर्दै समस्या सम्बोधनको उपाए खोजिने आश्वासन दिए ।

नयाँ राजनजीतिक प्रयोग र आवश्यक ऐन नबनिसकेकाले केही समस्या देखिएको भए पनि संघियतालाई बाईसे-चौबिसे राज्य संरचनासँग तुलना गर्न नमिल्ने अध्यक्ष दाहालको भनाइ छ ।  उनले सरकार र पार्टी सबैसँग सहमतिकासाथ अघि बढ्ने प्रयासमा रहको भन्दै उनले नेत्रविक्रम चन्द नेतृत्वको समुहलाई पनि वार्ता र सहमतिमा आउन आव्हान गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);