आजबाट विभिन्न समितिका बैठक सुरू | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

आजबाट विभिन्न समितिका बैठक सुरू

काठमाडौं, २१ साउन । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाका विभिन्न समितिको आज पहिलो बैठक बसेको छ । संघीय संसद सुरु भएको पाँच महिना पछि गठन भएका संसदीय समितिहरुको आज पहलो बैठक बसेको हो । जेष्ठ सदस्यको अध्यक्षतामा बसेको पहिलो बैठकमा सदस्यहरुबीच परिचय र कार्यविधिका बारेमा सामान्य छलफल गरिएको छ ।

शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा समितिकी सदस्य चित्रालेखा यादवले सम्बन्धित मन्त्रालयले गरेका निर्णयको अनुगमन हुने गरी समितिको कार्यविधि तय गर्नुपर्ने बताइन् । समितिका अर्का सदस्य गजेन्द्रबहादुर महतले प्रदेश सरकारको अधिकार हस्तक्षेप नहुने गरी सम्बन्धित मन्त्रालयको कामलाई अनुगमन गर्ने कार्यविधि बनाउनुपर्नेमा जोड दिए ।

सोमबार बसेको समितिको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक जेष्ठ सदस्य मुकुन्द न्यौपाने, कानुन, न्याय तथा मानव अधिकार समितिको लक्ष्मणलाल कर्ण र विकास तथा प्रविधि समितिको जीपछिरिङ लामाले अध्यक्षता गरेका थिए ।

त्यस्तै सार्वजनिक लेखा समितिको विमलप्रसाद श्रीवास्तव, शिक्षा तथा स्वास्थ्य समितिको मानबहादुर विश्वकर्मा, अन्तराष्ट्रिय सम्बन्ध समितिको माधवकुमार नेपाल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सत्यनारायण शर्मा खनाल र राज्य व्यवस्था तथा सुशासन समितिको मिना पाण्डेले अध्यक्षता गरे ।

बैठकमा समितिका सदस्यहरुले सरकारलाई जनताप्रति जिम्मेवार बनाउन समितिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);