डडेल्धुरा, १९ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले यातायातका सवारी साधनहरु माथिको चेकजाँचमा कडाई गर्न थालेको छ । गत आर्थिक वर्ष २०७४ -०७५ मा ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ४ सय ८४ यातायातका सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले कारबाही गरेको जनाएको छ ।
अनुशासित चालक, जरिवाना शुल्कमा वृद्धि तथा ट्राफिक प्रहरीको सक्रियताले आर्थिक वर्ष २०७३-०७४ मा भन्दा आर्थिक वर्ष २०७४-०७५ मा डडेल्धुरामा ट्राफिक नियम उल्लंघनका घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।




