स्पेनः लासरम्बलास आक्रमणका मुख्य योजनाकार अझै फरार | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

स्पेनको प्रहरीले यसै हप्ता भएका दुई आतंकवादी हमलामा संलग्न समूहले १ सय २० वटा ग्यासका सिलिन्डर जम्मा गरेको फेला पारेको छ ।

 

 

ती ग्यास सिलिन्डरको सहयोगमा हमलाको योजना बनाएको तथ्य प्रहरीले फेला पारेको छ । प्रहरीले अल्कना शहरको एक घरमा सिलिन्डर फेला पारेको हो । आतंककारी समूहले यो घरलाई नै नियन्त्रणमा लिएर हमलाको तयारी गरेको बिबिसीले जनाएको छ । बुधबार राति यो घरमा विस्फोट भएपछि प्रहरीले गरेको खोजतलासमा आक्रमणका लागि राखिएको ग्यासका सिलिन्डर फेला परेको हो । प्रहरीले बार्सिलोनाको लासरम्बलासमा मानिसको भीड भएको ठाउँमा भ्यानमार्फत आक्रमण गर्ने चालकको खोजी गरिरहेको छ ।

 

 

यो आक्रमणमा १३ जनाको ज्यान गएको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);