चीनलाई उपहार दिन लागेको अर्को एक जोडी गैंडाको नामाकरण | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

चीनलाई उपहार दिन लागेको अर्को एक जोडी गैंडाको नामाकरण

काठमाडौं, १५ साउन । सरकारले चीनलाई उपहार दिन लागेको अर्को एक जोडी गैंडाको पनि नामाकरण गरिएको छ । चितवनको सौराहामा रहेको एक जोडी गैंडामध्ये भालेको नाम ‘सोल्टी’ र पोथीको नाम ‘मितिनी’ राखिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए ।

ढकालले केन्द्रबाटै ती गैंडाको नामकरण भएर चितवन निकुञ्जमा प्राप्त भएको बताए । गैंडा लैजाने मिति भने तय भएको छैन ।

गत चैत २८ गते चीनलाई उपहार दिइएको एक जोडी गैंडाको नाम ‘रुपसी र भद्र’ राखिएको थियो । सरकारले हालसम्म १० देशलाई २६ गैंडा उपहार दिइसकेको छ । पछिल्लो गणनामा चितवन निकुञ्जमा ६ सय ५ गैंडा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);