इरानसँग विना सर्त जुनसुकै समयमा वार्ता गर्न तयार रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

इरानसँग विना सर्त जुनसुकै समयमा वार्ता गर्न तयार रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

donald trump

एजेन्सी, १५ साउन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका राष्ट्रपति हसन रुहानीसँग विना सर्त जुनसुकै समयमा भेट्न तयार रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा पत्रकार सम्मेलन गदै ट्रम्पले आफू वार्तामा विश्वास राख्ने व्यक्ति भएकाले रुहानीसँग विना सर्त भेट्न सकिने बताएका हुन् । ट्रम्प र रुहानीबीचको वाकयुद्धले तनाब बढाइरहेका बेला ट्रम्पको यस्तो प्रस्ताव सार्वजनिक भएको हो । दुई नेताबीच भेट भए त्यो सन् १९७९ को इरानी क्रान्तिपछि दुई मुलुकका शीर्ष नेताबीचको पहिलो भेटवार्ता हुनेछ ।

गत जुनमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ उनबीचको भेटवार्ता पनि धेरैका लागि अविश्सनिय रहेको थियो । यता इरानको रिभोलुसनरी गार्डका शीर्ष कमाण्डरले ट्रम्पको भनाई बृहद् अमेरिकी रणनीतिको हिस्सा भएको प्रतिक्रिया दिएका छन् । हालै मात्र ट्रम्पले अमेरिकालाई धम्की दिए इरानले ऐतिहासिक दुश्परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।

रुहानीले पनि अमेरिकासँग सबैभन्दा ठूलो युद्ध हुनसक्ने धम्की दिएका थिए । गत मे मा आणविक कार्यक्रम नियन्त्रण गर्ने इरान र शक्ति राष्ट्रबीचको सम्झौताबाट अमेरिकाले हात झिकेर थप प्रतिबन्द लगाएपछि दुई मुलुकको सम्बन्ध थप तनावपूर्ण बनेको छ । सन् २०१५ को उक्त सम्झौताका अरु हस्ताक्षरकर्ता मुलुकहरु बेलायत, फ्रान्स, चीन, रसिया र जर्मनीले भने अमेरिकी कदमको विरोध गरेका छन् ।