मिश्रलाई पदमुक्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८३, मंगलबार

मिश्रलाई पदमुक्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, २ साउन । सर्वोच्च अदालतले निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रलाई पदमुक्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन दिइएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

न्यायाधिशद्धय इश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको बुधबार बसेको संयुक्त इजलासले कोषका प्रमुख कार्यकारी अधिकृत मिश्रलाई पदमुक्त गर्ने नेपाल सरकारको गत असार २० गतेको निर्णय कार्यान्वयन नगराउन दिएको आदेशलाई निरन्तरता दिने आदेश दिएको हो ।

मिश्रलाई प्रक्रिया पु-याएर निर्वाचन आयोगको सहमतिमा खुला प्रतियोगिताद्वारा नियुक्त गरेको देखिएकाले उनलाई पदमुक्त गर्ने नेपाल सरकारको गत असार २० गतेको निर्णय सुविधा सन्तुलनका दृष्टिले पनि उपयुक्त नदेखिएकाले सो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म पदमुक्त गर्न आदेश दिन नमिल्ने संयुक्त इजलासको ठहर छ ।

मिश्रलाई शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले गत असोज २७ गते खुला प्रतियोगिताद्वारा कोषको प्रमुख कार्यकारी नियुक्त गरेको थियो । मिश्रलाई पदमुक्त गराउने वर्तमान सरकारको निर्णय कार्यान्वयन नगराउन दिइएको अन्तरिम आदेशलाई निरन्तरता दिनु परेको संयुक्त इजलासमा उल्लेख गरिएको सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए ।

सरकारले गत भदौै १४ गते यताका सबै राजनीतिक नियुक्ती खारेज गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार पद खारेजीमा परेपछि कोषका प्रमुख कार्यकारी अधिकृत मिश्रले सो निर्णय कार्यान्वयन नगराउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

ताजा समाचार