देउवाद्वारा डा. केसीको जीवनरक्षा गर्न सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

देउवाद्वारा डा. केसीको जीवनरक्षा गर्न सरकारको ध्यानाकर्षण

deuba

काठमाडौं, ३२ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा सुधारको मागसहित अनसनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभापति देउवाले सोमबार विज्ञप्ति जारी गरी डाक्टर केसीको स्वास्थ्य जटिल बन्दै गए पनि सरकार गम्भीर नहुनु चिन्ताको विषय भएको टिप्पणी । उनले सरकारलाई आफ्नो दायित्व नबिर्सिन सुझाव दिए ।

देउवाले आफ्नो नेतृत्वको सरकारले डाक्टर केसीको वार्ता, सरोकारवालासँगको छलफल र माथेमा कार्यदलको प्रतिवेदनका आधारमा तयार पारेको अध्यादेश कुनै छलफलबिना संशोधन गर्नु नैं पहिलो समस्या भएको बताए ।

अहिलेको समस्या समाधानका लागि अध्यादेश हुबहु संसदमा लैजानुपर्नेमा सरकारले नियतबस कमजोरी गरिरहेको देउवाको आरोप छ । सरकारले आन्दोलन बेवास्ता गरे आइपर्ने सम्पूर्ण परिणामको जिम्मा लिनुपर्ने देउवाले चेतावनी दिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);