बडिमालिका नगरपालिकाको बजेट सवा ३६ करोड | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

बडिमालिका नगरपालिकाको बजेट सवा ३६ करोड

बाजुरा, ३० असार । बाजुराको बडिमालिका नगरपालिकाले आर्थिक बर्ष २०७५÷२०७६ का लागि सवा ३६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

‘खुसी नगरबासी समृद्ध नगर’ भन्ने मुल नाराका साथ ३६ करोड २८ लाख ६४ हजार ८ सय ३३ रूपैयाँ बराबरको बजेट तेस्रो नगरसभाले सार्वजनिक गरेको हो । नगरपालिकाले नगरभित्र खानेपानि, बिजुली, सडक र कृषिलाई बढी प्राथमिकता दिएको छ ।

बडिमालिका नगरपालिकाको सभाहलमा एक कार्यक्रमकाबीच बडिमालिकाका नगर उपप्रमुख कविता विष्टले बजेट प्रस्तुत गरेकी हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);