सशस्त्र प्रहरीको तलब रोक्का, यस्तो छ कारण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौं, ४ भदौ । दुई सशस्त्र प्रहरी नायब उपरीक्षकको व्यवसायिक लाभलाई लिएर गृहसचिव लोकदर्शन रेग्मीले स्वभाविक अडान राख्दा सिंगो संगठनको साउन महिनाको तलब रोकिएको छ।

 

३६ हजार फौज रहेको संगठनको जवान तथा जुनियर अधिकृतहरु यतिबेला तराईमा बाढीप्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका छन्।

 

सशस्त्रको साधारण समूह (इन्फेन्ट्री) का डीएसपीद्वय दीपेन्द्र कुँबर र पूर्णबहादुर साउदलाई सचिव रेग्मीले सार्वजनिक वित्तीय व्यवस्थापन तालिममा पठाउने क्रममा ४० जनाको नयाँ समूहकृत दरबन्दी रोकेका हुन्।

 

उक्त दरबन्दी रोकिएकै कारण प्रहरी किताबखानाले सशस्त्रको साउन महिनाको तलबी प्रतिवेदन भदौ ३ सम्म पास गर्न सकेको छैन । सशस्त्रमा समान्यतया महिनाको अन्तिम नियमित मासिक तलब गइसक्छ । अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);