नक्कली विद्यार्थी परिचयपत्रबाट छूट लिनेको बिगबिगी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पोखरा, ४ भदौ । पोखरामा किर्ते गरी बनाइएका विद्यार्थी परिचयपत्रको बिगबिगी बढ्न थालेको छ। विद्यार्थी परिचयपत्रका आधारमा सार्वजनिक यातायातमा छुट पाउने लोभमा यस्तो किर्तेकार्ड बन्ने गरेको हो । पोखरामा सञ्चालित नगर बसमा यस्ता किर्ते कार्डधारी यात्रुले विद्यार्थी छुट माग्ने गरेका हुन्।

 

बस व्यवसायी समितिमार्फत सञ्चालित बसका एक सहचालकले कार्ड देखाउने यात्रुमध्ये झन्डै ५० प्रतिशतको हाराहारीमा नक्कली विद्यार्थी रहेको दाबी गरे । कतिपय अवस्थामा आफूहरुले यस्ता कार्ड जफत नै गरिदिएको उनले सुनाए । अति नै गर्छन्, नसुहाउँदो उमेरका मानिसहरु विद्यार्थी परिचयपत्र देखाउँछन्, कहिलेकाहीँ त्यस्ता कार्डलाई नियन्त्रणमा लिएर वास्तविकता खोज्दा नक्कली प्रमाणित भएका छन्,’ उनले भने ।

 

बस व्यवसायी समितिका अनुसार किर्तेगरेर बनाइएका यस्ता झन्डै ६ हजार कार्ड अझै पनि समितिको कार्यालयमा सुरक्षित छन् । यस्ता हजारौं कार्ड आफूहरुले फालिदिएको पोखरा बस व्यवसायी समितिका सचिव अमृत तिमिल्सिनाले बताए। ट्याक्सी व्यवसायी समिति पोखराले सञ्चालन गरेका ७२ माइक्रो बसमध्य २ बसमामात्र ६ महिनामा हजारभन्दा बढ्ता यस्ता कार्ड भेटिएको समितिका वरिष्ठ उपाध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिए।

 

‘नक्कली परिचयपत्र छुट्याउन सामान्य सहचालकले नसक्दोरहेछ,’ उनले भने, ‘हाम्रा २ सहचालकले आफूले काम गर्ने बसमा यस्तो कार्ड जफत गर्छन्, उनीहरुले शंका गरेर ल्याएकामध्ये अहिलेसम्म २ जनाको मात्र सक्कली पाइयो, अरु सम्बन्धित कलेजमा पुगेर चेक गर्दा नक्कली नै प्रमाणित नै भए।

 

यस विषयमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदीले त्यस्तो छ भने तत्काल उजुरी गर्न व्यसायीलाई आग्रह गरेका छन्। सुवेदी भन्छन् यदि त्यस्तो हो भने किर्ते अभियोगमा जेल सजायसम्म हुन सक्छ, उजुरी गर्नुहोस् तुरुन्त प्रहरीले समातेर आफैं मुद्दा चालउँछ। पोखराबाट प्रकाशित समाधान दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);