मनमोहन अस्पतालको मिर्गौला काण्डमा यस्तो आयो प्रतिवेदन, अस्पतालका ३ कमजोरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

काठमाडौं, ४ भदौ । मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलको ‘पत्थरी निकाल्ने क्रममा मिर्गौला झिकेको घटनामा’मा तीन कमजोरी फेला परेका छन् ।घटनाबारे बिरामी र अस्पताल पक्षबाट परेको उजुरीपछि नेपाल मेडिकल काउन्सिलद्वारा गठित उच्चस्तरीय छानबिन समितिले अनुसन्धानपछि तयार पारेको प्रतिवेदनमा अस्पतालका तीन कमजोरी औंल्याइएको छ । अस्पतालमा नुवाकोटका ३२ बर्से शिवप्रसाद रिमालको २५ जेठमा पत्थरीको शल्यक्रिया गरिएको थियो ।

 

शल्यक्रियाका क्रममा उनको मिर्गौलानजिक रहेको पत्थरी निकाल्ने क्रममा अत्यधिक रक्तस्राव भएपछि चिकित्सकले जीवनरक्षाका लागि उनको मिर्गौला पनि झिकेका थिए ।समितिले बिरामीको जीवनरक्षा गर्न मिर्गौला झिक्ने निर्णयमा पुगेपछि चिकित्सकले बिरामीको परिवार र आफन्तलाई त्यसबारे राम्ररी बुझाउन तथा उनीहरूसँग लिखित सहमति लिन नसक्नु, बिरामीलाई डिस्चार्ज हुँदासम्म पनि त्यसबारे जानकारी नगराउनु र बिरामीको सहमति नलिई उनकी पत्नीसँग लिखित सम्झौता गरी घटना थामथुम पार्न खोज्नु अस्पतालका कमजोरी भएको ठहर गरेको छ । काउन्सिलका ‘इथिकल कमिटी’ संयोजक डा. सतिश देव संयोजकत्वको उच्चस्तरीय समितिले तयार पारेको अनुसन्धान प्रतिवेदनअनुसार यो घटनामा बिरामी पक्षबाट पनि केही कमजोरी भएका छन् ।

 

मिर्गौला झिकेको र अस्पतालसँग भएको सम्झौताबारे उनको परिवारले रिमाललाई जानकारी नगराउनु, सम्झौतापछि विभिन्न मानिस ल्याई अस्पतालमा हुलहुज्जत गर्नु र क्षतिपूर्ति माग्नुलाई अनुसन्धान प्रतिवेदनमा बिरामी पक्षबाट भएका कमजोरीका रूपमा उल्लेख गरिएको छ । यस्तै ‘डिस्चार्ज’ हुने बेलासम्म बिरामी र अस्पतालबीच रहेको सौहार्द्र सम्बन्ध घर पुगेपछि अस्पतालले आफूलाई झुक्याएको र मिर्गौला नै गायब पारेको भन्दै बिरामीले प्रचार-प्रसार गर्नु बिरामीपक्षको कमजोरी भएको प्रतिवेदनमा उल्लेख छ। अन्नपूर्ण पोस्टले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);