अप्सरा लामिछाने
काठमाडौं, २६ असार । काठमाडौँ उपत्यकाको फोहोर नउठ्दा सडक नै अस्तब्यस्त बनेको छ । फोहोरको थुप्रोका कारण सवारी साधन र यात्रुलाई आवत जावतमा समेत समस्या परेको छ । काठमाडौं र ललितपुर महानगरपालिकाले समयमै फोहोर ब्यबस्थापन नगर्दा सर्वसाधरणमा रोग फैलिने त्रास बढेको छ ।
यतिबेला काठमाडौँ उपत्यकाका सडकहरुमा फोहोरका थुप्रो यत्रतत्र देखिन्छन् । र त्यहि फोहोरका नजिक भएर नाक थुन्दै हिडेका मानिसहरु । महानगरले समयमै फोहोर ब्यवस्थापन नगर्दा उपत्यकाका सडक यतिबेला फोहोरले भरिएका छन् ।
दुई हप्ता सम्म पनि फोहोर नउठाउँदा उपत्यकाबासी आजीत भएका छन् । पटक पटक फोहोर व्यवस्थापन गर्न आग्रह गर्दा पनि महानगरले चाँसो नदिएको उपत्यकाबासीको भनाइ छ ।
उपत्यकाबासी धुलोधुँवा लगायत हरेक समस्याले आक्रान्त बनेका छन् । त्यस माथी पनी महिनौ सम्म सडक नै जाम हुने गरी सडकमा थुप्रिएको फोहोरले रोग फैलन सक्ने भन्दै त्रसित बनेका छन् ।
यता ललितपुर महानगरले भने वर्षाको समय भएकोले उपत्यकाको फोहोर फाल्ने ल्याण्डफिल्ड साईडमा पहिरो खसेका कारण फोहोर उठाउन नसकेको बताइरहेको छ ।
उपत्यकाका सडकहरु स्तर उन्नति नहुँदा सर्वसाधारण जोखिमपुर्ण यात्रा गर्न बाध्यछन् । अर्काेतर्फ फोहोर व्यवस्थापन नहुँदा रोगको महामारी फैलने भन्दै उपत्यकावासी त्रसित भएका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएपछि सबै समस्या समाधान हुने स्थानीयको अपेक्षा थियो । तर, जनप्रतिनिधिले पनि जनताको समस्या समाधानमा प्रभावकारी पहल नगरेको सर्वसाधरण गुनासो गर्न थालेका छन् ।