संसदीय सुनुवाई समितिमा रहने १२ सदस्यको नाम स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

पुष २४ २०८१, बुधवार

संसदीय सुनुवाई समितिमा रहने १२ सदस्यको नाम स्वीकृत

samsadh parlyament

काठमाडौं, २५ असार । संसदीय सुनुवाई विशेष समितिले पूर्णता पाएको छ । सोमबारको प्रतिनिधिसभा बैठकले संसदीय सुनुवाई विशेष समितिमा रहने १२ जना प्रतिनिधिसभा सदस्यको नाम स्विकृत गरेसँगै समितिले पूर्णता पाएको हो ।

बैठकले सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको प्रतिनिधिसभाको तर्फबाट संसदीय सुनुवाई विशेष समितिमा प्रतिनिधित्व गर्ने १२ जना सदस्यको नाम स्विकृत गरेको हो । जस अनुसार प्रतिनिधिसभाबाट समितिमा रहने सदस्यहरुमा अमृता थापा, पार्वत गुरुङ, निरुदेवी पाल, पुष्पा भुसाल, पूर्णकुमारी सुवेदी, भिमसेनदास प्रधान, योगेश भट्टराई, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् ।

समितिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट ७ जना, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट ३ जना, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबाट १-१ जना रहेका छन ।

१५ सदस्यीय सुनुवाई समितिमा राष्ट्रिय सभाबाट प्रतिनिधित्व गर्ने तीन सदस्यको भने राष्ट्रिय सभाले गत शुक्रबार नै टुंगो लगाएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);