भारत भ्रमणका एजेण्डाको विषयमा छलफल गर्न पूर्वप्रधानमन्त्रीहरु बालुवाटारमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

भारत भ्रमणका एजेण्डाको विषयमा छलफल गर्न पूर्वप्रधानमन्त्रीहरु बालुवाटारमा

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा केन्द्रित रहेर पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री देउवाले भदौ ७ गते बाट भारत भ्रमण गर्दै छन् । भारत भ्रमणका क्रममा दुई देशवीच हुने भेटवार्तामा उठाउनुपर्ने एजेण्डाका विषयमा छलफल गर्न देउवाले पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गरेका हुन् ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा  छलफल भएकाे हाे । उक्त छलफलमा पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, पुष्पकमल दाहाल, लोकेन्द्र बहादुर चन्द र मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मी सहभागी भएका थिए  । पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली र बाबुराम भट्टराई राजधानीमा नै भएर पनि सो छलफलमा सहभागी भएनन् ।

 

शनिवार सांझ भएको छलफलमा पूर्व प्रधानमन्त्रीहरुले भारत भ्रमणका क्रममा नेपाल र नेपालीको राष्ट्रिय हितलाई ध्यानमा राख्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन् ।

 

भारी बर्षापछि नेपालको तराईमा डुबान हुँदा ठुलो मात्रामा मानविय र भौतिक संरचनामा क्षति पुगेको र त्यसको मुख्य कारण दक्षिण क्षेत्रमा भारतले बनाएका संरचना भएकाले सिमा नजिक निर्माण गरिएका बाँध तथा तटबन्धको पुर्नसंरचना गर्नुपर्ने विषयमा वार्ता र छलफल गर्न सुझाव दिएको पूर्व प्रधानमन्त्री झलनाथ खनालले जानकारी दिए ।

 

त्यसैगरी नेपालमा उत्पादित वस्तु भारतमा सहज ढंगले जान सक्ने वातावरण बनाउन आवश्यक पहल गर्न पनि आफुहरुले सुझाव दिएको उनले बताए ।

 

प्रधानमन्त्रीले आफ्नो भ्रमणमा नयाँ एजेण्डा र विषयमा छलफल गर्नु भन्दा विगतमा गरिएका सहमति र सम्झौताको कार्यान्वयनको विषयमा दुई पक्षीय वार्ता केन्द्रित गर्न चाहेको बताउँदै आएका छन् । नेपालमा प्रधानमन्त्री चयन भएपछि आफ्नो पहिलो अन्तराष्ट्रिय भ्रमण दक्षिणी छिमेकी राष्ट्र भारतबाट गर्ने चलन बसेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);