कानुन मन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, सदनमा जवाफ दिन माग | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

कानुन मन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, सदनमा जवाफ दिन माग

puspa-bhusal

काठमाडौं, १७ असार । कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ । कानुनमन्त्री तामाङले प्रतिपक्ष दलले अंश खोजेको भनेर दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै कांग्रेसले सदनमा जवाफ दिन माग गरेको हो ।

संसदलाई कमजोर बनाउँदै प्रमुख प्रतिपक्षी दल संसदमा नहोस् भन्ने दृष्टिकोणबाट मन्त्री तामाङको अधिनायकवादी अभिव्यक्ति आएको कांग्रेसको टिप्पणी छ ।

आईतबारको प्रतिनिधीसभा बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले मन्त्री तमाङको अभिव्यक्तिप्रति आपत्ति जनाईन । संविधान कार्यान्वयनका लागि प्रतिपक्षी दलको सहयोग लिएर अघि बढ्नुपर्नेमा कानुनमन्त्रीको अभिव्यपत्तिले प्रतिपक्ष दललाई उपेक्षा गरेको उनको भनाइ छ । सांसद भुषाले कांगेसले संसदमा बलियो प्रतिपक्ष दलको भूमिका निर्वाह गर्ने स्पष्ट पारिन ।

मन्त्री तामाङले शनिबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेसले संबैधानिक निकायमा अंशबण्डा खोजेको भन्दै भागवण्डा खोज्ने भए सरकारमा सहभागी हुन आउनु भन्ने अभिव्यक्ति दिएका थिए ।

यो पनि पढ्नुहोस :

कांग्रेसले संसदीय समिति र सवैधानिक निकायमा अंश खोज्यो : मन्त्री तामाङ