ओलीको चीन भ्रमण कोशेढुंगा सावित हुने छ : सरदसिंह भण्डारी (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

ओलीको चीन भ्रमण कोशेढुंगा सावित हुने छ : सरदसिंह भण्डारी (भिडियो सहित)

sharad singh bhandari

काठमाडौं, ८ असार  । प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी देश चीनको राजकीय भ्रमणमा छन् । उनि फर्केपछि नेपालको राजनीतिमा यसको प्रभाव कस्तो पर्ला भनेर बहस र विश्लेषण जारी नै रहेको छ । प्रम ओली चीन जानु भन्दा अगाडी भारत गएका थिए । त्यसको लगतै भारतीय प्रम नरेन्द्र मोदी नेपाल भ्रमणका लागि आए । अहिले हाम्रो देश कता तर्फा ढल्किएको छ भन्ने प्रस्न उठेको छ । स्वतन्त्र र सार्वभौम हाम्रो मुलुक कहिले भारत तर्फा त कहिले चीन तर्फा ढल्किएको कुरा गर्न थालिएको छ । वा ओली सरकार एकदमै सन्तुलित ढंगबाट अघि बढिरहेको छ ? राष्ट्रिय पूंजी निर्माणको कुरा प्रधानमन्त्रीले बारम्बार गरिरहेका छन् । समृद्धिको कुरा सँगै दुवै छिमेकि देशहरुले रेल निर्माण गर्ने कुरा पनि गरिरहेका छन् । यो समृद्धिको यात्रा अब कस्तो हुनेछ ? साथै हाम्रो अहिलेको अन्तरिक राजनीतिको विषयमा पनि केन्द्रित कार्यक्रम ‘खरो प्रस्न’मा प्रस्तोता प्रकाश गिरीले राजपा अध्यक्ष मण्डलका नेता सरदसिंह भण्डारीसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);