काठमाडौं, ३० जेठ । सरकारले नेपाल प्रहरीका २८ जना डीएसपीलाई एसपीमा बढुवा गरेको छ ।
सचिवस्तरको निर्णयबाट २८ डीएसपीलाई एसपीमा बढुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । यसअघिको बढुवा समितिले गरेको सिफारिसकै आधारमा बढुवा गरिएको पनि मन्त्रालयले जनाएको छ ।
बढुवा सूचीको एक नम्बरमा अच्युतम प्रसाद पुडासैनी रहेका छन् । भने दुई नम्बरमा प्रताप कुमार गुरुङ र तीन नम्बरमा विश्व अधिकारी रहेका छन् ।