महान्यायाधिवक्तामा बसन्तराज भण्डारी नियुक्त | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

काठमाडौँ, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा महान्यायाधिवक्तामा वसन्तराज भण्डारी नियुक्त भएका छन्।

 

आज शुक्रबार दिन राष्ट्रपति भण्डाले प्रधानमन्त्री शेर बहादुर देउवाको सिफारिसमा काठमाडौं महानगरपालिका २६ का स्थानीय वासी अधिवक्ता वसन्तराम भण्डारीलाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी हुन्।

 

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीज्यूसमक्ष नवनियुक्त महान्यायाधिवक्ता श्री बसन्तराम भण्डारीले महान्यायाधिवक्ता पदको पद तथा गोपनियताको शपथग्रहण समेत गरेका छन्।

उक्त समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री शेर बहादुर देउवा, मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री लगाएत संवैधानिक निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो।

 

 

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);