गुप्तचरको सेटै परिवर्तन ! | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

गुप्तचरको सेटै परिवर्तन !

airport

काठमाडौं, २९ जेठ । राष्ट्रिय अनुसन्धान विभागको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको विमानस्थल निगरानी उपशाखामा खटिने पूरै सेट विभाग तानिएको छ। सेटलाई विभाग तानेर उपशाखामा क–कसलाई पठाइयो भन्ने विभागले खुलाएको छैन।

विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङले विमानस्थलको निगरानी उपशाखामा खटिएका टोली विभागमा बोलाइएको पुष्टि गर्दै भन्नुभयो– ‘विमानस्थल उपशाखामा धेरै समय खटिएकालाई साटफेरका लागि विभाग बोलाइएको हो। तर, पूरै सेट तानिएको होइन।’

विमानस्थल निगरानी उपशाखामा खटिएका धेरैजसो २ वर्ष बिताइसकेकालाई विभाग बोलाएको उहाँले दाबी गर्नुभयो। ‘२ वर्ष काम गरेकालाई बलाइएको हो, सबै पुरानालाई पनि बोलाइएको छैन। पुराना र नयाँ मिलाएर विभागले खटाइरहेको छ।’ –उहाँले भन्नुभयो।त्यहाँ खटिएका अनुसन्धान टोलीले सन्तोषजनक काम नगरेकाले विभागमा तानिएको विभाग स्रोतले बतायो।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

ताजा समाचार