ग्वाटेमालामा ४४ वर्षयताकै ठूलो ज्वालामुखी विस्फोट | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

ग्वाटेमालामा ४४ वर्षयताकै ठूलो ज्वालामुखी विस्फोट

volcano

काठमाडौं, २१ जेठ । ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ ।

राजधानी ग्वाटेमाला सिटीबाट ४० किलोमिटर दक्षिण–पश्चिममा रहेको गाउँमा ज्वालामुखी विस्फोट हुँदा करीब ३ सय जना घाइते भएका छन् । ज्वालामुखीका कारण करीब १० लाख मानिस प्रभावित भएका छन् । विस्फोटपछि आकाशमा धूलो–धुँवा तथा खरानी देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बीबीसीले ग्वाटेमालाको राष्ट्रिय प्रकोप नियन्त्रण एजेन्सी (एनएपीए) लाई उद्यृत गर्दै ज्वालामुखी विस्फोटपछि घरहरु नष्ट भएको र मानिसहरु जलेको जनाएको छ । आकाशमा फैलिएको धूलो–धुँवा तथा खरानीका कारण ला अरोरा विमानस्थल बन्द गरिएको छ भने दैनिक जनजीवन प्रभावित भएको छ । ग्वाटेमालाको सरकारले सम्भावित जोखिमबाट जोगाउन मानिसहरूलाई सुरक्षित स्थानतर्फ सारेको छ भने उनीहरुलाई मास्क लगाउन तथा सतकर्ता अपनाउन अपिल गरेको छ ।

ग्वाटेमालामा यसअघि पनि ज्वालाखुमी विस्फोटका घटना हुँदै आएका थिए । यसपटकको ज्वालामुखी सन् १९७४ यताकै ठूलो भएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);