निर्धारित समयमा मेलम्चीको काम सम्पन्न नगरे ठेकेदारलाई कार्बाही | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

निर्धारित समयमा मेलम्चीको काम सम्पन्न नगरे ठेकेदारलाई कार्बाही

काठमाडौं, १८ जेठ । खानेपानी मन्त्रालयले निर्धारित कार्यतालिकाभित्रै मेलम्चीको काम सम्पन्न नभए ठेकेदार कम्पनी सिएमसीलाई कार्बाही गर्ने चेतावनी दिएको छ ।

आज पत्रकार सम्मेलन गरी मन्त्रालयले ठेकेदार कम्पनी सिएमसीले यसअघि गरेका प्रतिबद्धता अनुसार काम नगरेकोमा आक्रोश पोखेको छ । साथै मन्त्रालयले प्रतिवद्धता बमोजिम काम नगरेकोमा ठेकेदारसँग स्पष्टिकरण समेत लिने जनाएको छ ।

मन्त्रालयले आगामी साउन ३० गते मेलम्चीको पानी काठमाडांैमा ल्याउने लक्ष्य लिएको छ । तर, समयमा काम नहुने लक्षण देखेपछि इटालीमा मुख्य कार्यालय रहेको ठेकेदार कम्पनीलाई पत्राचार गरि नेपाल बोलाउने र आवश्यक छलफल गर्ने जानकारी दिएको छ । यसपछि पनि कुनै ठोस प्रगति नभए मन्त्रालयले गम्भीर कदम चाल्न चेतावनी दिएको छ ।