निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरुको काम सुस्त गतिमा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरुको काम सुस्त गतिमा

gaurab ka aayojana

बिमल पुरी,
रुपन्देही, १५ असार । रुपन्देहीमा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरुको काम सुस्त गतिमा भइरहेको छ । ठेकेदार कम्पनीहरुले सुुस्त गतिमा काम गर्दा तोकिएकै समयमै निर्माण सम्पन्न नहुने भएको छ । समयमै काम नगर्ने ठेकेदार कम्पनीलाई प्रदेश सरकारले कारबाही गर्ने चेतावनी दिएको छ ।

रूपन्देहीमा राष्ट्रिय गौरवको आयोजना अन्तर्गत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–बेलहिया ‘सिक्स’ लेन सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र,बेलवास–बेथरी नमूना सडक निर्माणधीन अवस्थामा छन् । तर ठेकेदार कम्पनीहरुले काममा ढिलाइ गर्दा तोकिएको समयमा सम्पन्न नहुने भएको छ । प्रदेश ५ को सरकारले समयमा काम नगर्ने कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलन निर्माणको काम अहिलेसम्म ५० प्रतिशत मात्र सकिएको छ । त्यस्तै २०६८ सालमा ५ वर्षभित्र सम्पन्न गर्ने गरी सुरू भएको बुटवल–बेलहिया ६ लेन सडक पनि अलपत्र अवस्थामा छ । भारतीय नाकाबन्दी भूकम्पका कारण निर्माणमा ढिलाइ भएको आयोजनाहरुको भनाइ छ । विभिन्न कारण देखाउँदै काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गरि समयमै राष्ट्रिय गौरवका आयोजना निर्माण गर्न सरोकारवालाले प्रदेश सरकारलाई ध्यानकर्षण गराएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);