काठमाडौं, १२ जेठ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन् ।
पूर्व उपप्रधानमन्त्री समेत भएका नेता निधिले निजी क्षेत्रको लगानी र सहभागिताबाट मात्रै पर्यटन क्षेत्रले मुलुकको आर्थिक विकासमा ठूलो योगदान दिन सक्ने सम्भावना औंल्याए ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले पर्यटन क्षेत्रको विकासका लागि सहजीकरणको काम गर्ने उल्लेख गर्दै त्यसको विकासमा भने निजी क्षेत्रको सहभागिता अनिवार्य रहेको बतााए ।
उपसभापति निधिले पर्यटन क्षेत्रको विकासका लागि काँग्रेसले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीहरुलाई त्यहाँको भूगोलबारे पहिचान गराउने गरी पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए ।