महानगरले हटायो धरहरा क्षेत्रका व्यापारिक संरचना | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

महानगरले हटायो धरहरा क्षेत्रका व्यापारिक संरचना

काठमाडौं, १२ जेठ । काठमाडौं महानगरपालिकाले धरहरा क्षेत्रमा रहेका रेष्टुरेन्ट तथा पसलहरु हटाएको छ । महानगरपालिकाले धरहारा क्षेत्रमा रहेका संरचना हटाउन दिएको १५ दिने सूचना अटेर गरेपछि शनिबार दिउँसो हस्तक्षेप गरी संरचना हटाइएको हो ।

महानगरपालिकाले साइड वर्कश ट्रेडर्स प्रालिसँग धरहरा संचालन व्यवस्थापन प्रयोजनार्थ भएको सम्झौताको मूल विषयबस्तु २०७२ वैशाखमा आएको भूकम्पमा ध्वस्त भएको हुँदा उक्त सम्झौता स्वत समाप्त भएको भन्दै संरचना हटाएको हो ।

धरहरा क्षेत्रलाई १३ वर्षदेखि साइड वाकर्स ट्रेडर्स प्रालिले व्यावसायिक प्रयोजनमा प्रयोग गर्दै आएको थियो । धरहरा क्षेत्रमा रहेका संरचना हटाएसँगै स्थानीयले खुुसी व्यक्त गरेका छन् ।

यस अघि प्राधिकरणले वैशाख २६ गते महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित सरोकारवालाको बैठक राख्दै १५ दिनभित्र धरहरा क्षेत्रका संरचना हटाउन निर्देशन दिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);