आजबाट सकिने निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद, १५ दिन थप | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

काठमाडौं, ३२ साउन । सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद १५ दिन थप गरेको छ। आयोगको म्याद आज सकिने भए पनि प्रतिवेदन तयार नभएकाले म्याद थप गरिएको सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले बताएका छन्।

 

आयोगले भने सरकारले प्रदेश नम्बर २ मा थपिने नयाँ स्थानीय तहसमेत समेट्ने गरी क्षेत्र निर्धारण गर्न आग्रह गरेपछि त्यसका लागि थप समय माग गरिएको जनाएको छ।सरकारले साउन ५ गते २१ दिन समावधि दिएर सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको संयोजकत्वमा क्षेत्र निर्धारण आयोग गठन गरेको थियो।

 

आयोगले साउन ११ गतेबाट मात्रै काम थालेकाले त्यस दिनबाट २१ दिनको अवधि मानिएको हो। आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्येक जिल्लामा १ निर्वाचन क्षेत्र रहने गरी १ सय ६५ क्षेत्र निर्धारण गर्नुपर्ने छ। त्यसैगरी ७ वटा प्रदेशमा प्रदेशसभाका लागि ३ सय ३० क्षेत्र निर्धारण गर्नुपर्ने छ।