सप्तरीका तीन हजार विस्थापितको बेहाल, अहिलेसम्मको राहात एउटा त्रिपाल | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८२, बुधवार

सप्तरी, ३२ साउन । सप्तरीमा बाढीले उठिबास लगाएको तीन हजार परिवारको बेहाल भएको छ । डुबानले भेट्न नसकेका विभिन्न ठाउँमा पाल टाँगेर बसेका उनीहरू न्यूनतम आधारभूत सुविधाबाट समेत वञ्चित छन् । बिहीबारदेखि पाँच दिनसम्मको अविरल वर्षाले विस्थापितहरू खाना, स्वच्छ पानी, औषधोपचार र उचित बसोबासबाट वञ्चित भएका छन् । बाढीले सप्तरीमा तीन हजार परिवारलाई पूर्णरूपमा विस्थापित गरेको नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगतले बताए।

 

बाढीले पूर्णरूपमा घर क्षति भएका र बगाएका परिवार झन्डै एक सातादेखि को।बर्साइनमा तीन सय, सकरपुरामा चार सय, रमपुरा मल्हनियाँमा चार सय, सिस्वा बेल्हीमा ३० परिवारसहित विभिन्न गाउँमा विस्थापित भएको विपद् व्यवस्थापन कार्यक्रम संयोजक राजेश झाले बताए । घर ध्वस्त भएका स्थानमा राजविराज नगरपालिका–२ मा ५५ परिवार स्थानीय विद्यालयमा आ श्रय लिएर बसेका छन् । विस्थापितमध्ये एक सय २० परिवारको घर बाढीको डुबानमा परेको थियो।

 

यता, जिल्ला प्रहरी कार्यालयका अनुसार घर विस्थापित भएकाहरूमा बनरझुला, त्रिकोल, कञ्चनरुप, बैरवा, बोदेबर्साइन, बसबिट्टी, राजविराजका वडा १, २, ५, ६, ७, ९, १० र १५, रुपनी वडा नं। ५, कृष्ण सबरन वडा नं। १ र खड्ग सुरुंगामा एक सय घर पनि बगाएको छ । कोइलाडी ८ मुसरी टोलकी ३० वर्षीय सतनीदेवी सदाले आपूmहरूले ६ दिनयता राम्ररी खान र सुत्न नपाएको दुखेसो पोखिन् । त्यसैगरी, को।बर्साइन् वडा नं। १ स्थित वनरझुलाकी दुखनी खंगले अहिलेसम्म राज्यको तर्फबाट कुनै सहयोग नपाएको बताइन्। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।