इरानसँगको परमाणु सम्झौताबाट अलग नहुन ट्रम्पलाई बेलायतको सुझाव | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

इरानसँगको परमाणु सम्झौताबाट अलग नहुन ट्रम्पलाई बेलायतको सुझाव

johnson-trump

एजेन्सी, २४ बैशाख । बेलायतका विदेशमन्त्री बोरिस जोन्सनले इरानसँगको परमाणु सम्झौताबाट अलग नहुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेका छन् । वासिङटन पुगेका बेलायती विदेशमन्त्री जोन्सनले इरानसँगको अन्तर्राष्ट्रिय सम्झौतामा रहिरहनका अमेरिकी राष्ट्रपति ट्रम्पलाई आग्रह गरेका हुन् ।

अहिलेको संवेदनशील अबस्थामा सम्झौताबाट अलग हुँदा यसको फाइदा इरानलाई मात्रै हुने जोन्सनको भनाई थियो । सन् २०१५ मा इरान, अमेरिका, चीन, रुस, जर्मनी, फ्रान्स र बेलायतबीच परमाणु सम्झौता भएको थियो । सम्झौतामा इरानले आफ्नो परमाणु कार्यक्रमलाई सिमित पार्ने र यसको बदलामा तेहेरानविरुद्धको नाकाबन्दी खुकुलो पारिने उल्लेख थियो ।

सम्झौतालाई खराब सम्झौता भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले सम्झौताबाट अलग हुने घोषणा गर्ने तयारी गरेका छन् । इरानका राष्ट्रपति हसन रुहानीले सम्झौताबाट अमेरिका पछि हटे उसले ऐतिहासिक पश्चाताप गर्नुपर्ने चेतावनी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);