एजेन्सी, २३ बैशाख । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध गरिएको प्रदर्शनका क्रममा विपक्षी दलका नेता एलेक्सी नाभाल्नी पक्राउ परेका छन् ।
राजधानी मस्कोमा आयोजना गरिएको पुटिन विरुद्धको प्रदर्शनका क्रममा विपक्षी दलक नेता नाभाल्नी सयौं समर्थकसहित पक्राउ परेका हुन् । पुटिनले चौंथो कार्यकालका लागि राष्ट्रपतिको सपथ लिने दिन नजिकिएसँगै विपक्षीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनीको नेतृत्व नाभाल्नीले गरेका थिए । मस्कोमा आयोजना गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा नाभाल्नीसहित एक हजार भन्दा बढी प्रदर्शनकारी पक्राउ परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रदर्शनकारीले मस्कोस्थित पुस्किन चोकमा पुटिनविरुद्ध चर्को नारा लगाएका थिए । प्रदर्शनकारीले मस्कोका अलावा दोस्रो ठूलो शहर सेन्ट पिटर्सबर्गमा पनि पुटिनविरुद्ध र्याली निकाल्न खोजेकामा प्रशासनले रोक लगाएको थियो । विरोधीहरुलाई रोक लगाइएको स्थानमा पुटिनका समर्थकहरुले र्याली निकालेका छन् । नेशनल लिबरेशन मुभमेन्टले पुटिनको समर्थनमा र्याली निकालेको हो ।




