इलाम, १४ वैशाख । मनाङ सस्र्याङ्दी क्लब इलाममा जारी माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । त्रिभूवन आर्मी क्लाबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङ फाइनलमा पुगेको हो । मनाङको जितका लागि ५८औँ मिनेटमा अञ्जन विष्टले गरेको गोल नै निर्णायक बन्यो ।
खेलको म्यान अफ दि म्याच मनाङका विष्ट नै भए । भोली दोश्रो सेमिफाइनलमा एपीएफ र थ्रीस्टारबीच हुने छ । भोलीको विजेताले फाइनलमा मनाङसँग भेट गर्ने छ । फाइनल प्रतियोगिताको यहि १७ हुने छ ।