एजेन्सी, १२ बैशाख । च्याम्पियन्स लिग फुटबल अन्तरगत सेमिफाइनलको पहिलो लेगमा इंलिस क्लव लिभरपुलले शानदार जित निकालेको छ । लिभरपुलले इटालियन क्लब रोमामाथि ५–२ को शानदार जित निकालेको हो ।
लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले रोमालाई ५–२ ले हराएको हो । लिभरपुलका लागि उत्कृष्ट लयमा रहेका मोहम्मद सलाह र फिरमिनोले २-२ गोल गरे भने मानेले १ गोल गरे । रोमाका लागि जेको र पेरोट्टीले १÷१ गोल गरेपनि जितका लागि पर्याप्त भएन । रोमाले बार्सिलोनालाई र लिभरपुलले म्यान्चेष्टर सिटिलाइ हराएर अन्तिम ४ मा पुगेका थिए ।
लिभरपुल र रोमाबीचको दोस्रो लेग आउँदो २० गते रोमाको घरेलु मैदानमा हुनेछ । लिगको दोस्रो सेमिफाइलनमा आज राति गएको वर्षको च्याम्पियन रियल मड्रिड र वार्यन म्युनिखबीच खेल हुनेछ ।




