म्याग्दी, ५ बैशाख । म्याग्दीमा चालु आर्थिक बर्षको चैत्र मसान्तसम्म झण्डै २ सय मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीको रेकर्ड अनुसार १ सय ८८ वटा मुद्दा दर्ता भएको छ । प्रहरी कार्यालयमा दर्ता भएकामध्ये अधिकांश बैङ्किङ कसुर र आत्महत्यासँग सम्बन्धित रहेका छन् । एक वर्षको अवधिमा जिल्लामा सबैभन्दा बढी ५३ वटा सार्वजनिक अपराध, ४९ वटा बैङ्किङ कसुर र ३१ वटा आत्महत्याका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
दर्ता भएका मु्द्दाहरुमध्ये १ सय २३ वटा मुद्दा फस्र्योट भएको र ६५ वटा फस्र्योट हुन बाँकी रहेको छ ।