बाजुराको बुढीगंगामा विद्युत सेवा विस्तार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

बाजुराको बुढीगंगामा विद्युत सेवा विस्तार

bidhut bajura

मदन विश्वकर्मा
बाजुरा, २९ चैत
। बाजुराको बुढीगंगा नगरपालिकामा विद्युत सेवा पुगेको छ । इकडीगाड लघुजलविद्युत आयोजनाले इकडीगाड खोलाबाट १ सय किलोवाट क्षमताको बिजुली उत्पादन गरेपछि बुढीगंगा नगरपालिकामा विद्युत सेवा पुगेको हो । अध्यारोबाट उज्यालो तर्फ उन्मुख भएको भन्दै स्थानीय खुशी भएका छन् ।

बाजुराको बुढीगंगा नगरपालिकाको वडा नम्बर ८, ९ र १० मा विद्युत सेवा पुगेको हो । सो वडाका १ हजार १ सय १७ घरधुरीले विद्युत सेवा पाएका छन् । विद्युत सेवा पुगेपछि गाउँको मुहार नै फेरिएको छ । अहिले विद्युत सेवा घर घरमा बिस्तार गर्ने काम भइरहेको छ ।

आयोजना निर्माणका लागि वैकल्पिक उर्जा प्रवद्र्धन बोर्डले दुई करोड ५५ लाख, निर्वाचन क्षेत्र विशेष पूर्वाधार कार्यक्रमबाट ५७ लाख, साविक बाह्रबीस गाउँ विकास समितिबाट ३२ लाख र साविक जिल्ला विकास समिति बाजुराबाट चार लाख गरि तीन करोड ४७ लाखमा आयोजना बनायएको हो ।

विद्युत सेवा पुगेपछि बुढीगंगा नगरपालिकामा उद्योग कलकारखाना संचालनमा सहज हुने भएको छ । विद्युतको सेवा पुगेपछि स्थानीय आयआर्जनको काममा जुट्न थालेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);