सुन तथा चाँदीका गरगहना बिक्रीबाट नेपालमा वार्षिक ५० अर्बको कारोबार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

सुन तथा चाँदीका गरगहना बिक्रीबाट नेपालमा वार्षिक ५० अर्बको कारोबार

gold and silver

काठमाडौं, २९ चैत । सुन तथा चाँदीका गरगहना बिक्रीबाट नेपालमा वार्षिक ५० अर्बको कारोबार हुने गरेको छ । वर्षैपिच्छे आयात हुने २५ अर्बभन्दा माथिको सुन र बजारमा आउने पुराना सुनका गरगहना बिक्रीबाट नेपालमा वार्षिक यो मूल्य बराबरको कारोबार हुने गरेको हो ।

सुनचाँदीको कारोबारबाट राज्यले वार्षिक आठ अर्ब रुपैयाँ राजस्व समेत प्राप्त गरिरहेको छ । नेपालमा प्रमुख चाडपर्व तथा विहेको लगन भएका महिनामा सुन चाँदीको कारोबार बढ्ने गर्दछ । विशेषगरी तिजका बेला सुनका गहना बढि बिक्री हुने गरेको छ । त्यसैगरी दशैँ, तिहारलगायतका पर्वमा पनि सुन चाँदीको व्यापार बढ्ने गर्दछ । विवाहका लगन भएका महिनाहरु वेशाख, जेठ, मंसिर, माघ, फागुन जस्ता महिनाहरुमा पनि गरगहना विक्रि बढ्ने गरेको छ ।

नेपाली संस्कृति, धर्म र परम्पराका कारण पनि गरगहना विक्री बढी हुने गरेको छ । जसले गर्दा सुन व्यवसाय गर्नेहरु पनि थपिदै गएका छन् । नेपालमा सुन चाँदी व्यवसायमा करिब २२ हजार व्यवसायी आबद्ध छन् । यती ठूलो आकारको व्यवसाय सञ्चालनका लागि स्पष्ट ऐन नहुँदा वर्षौदेखि अन्योलताबीच सुन चाँदी व्यवसाय संचालन भइरहेको व्यवसायीले गुनासो गर्ने गरेका छन् । नीति र कानुन स्पष्ट नभएकाले व्यवसाय गर्ने स्पष्ट आधार नै नभएको बताउने गरिन्छ । विशेषगरी सुन आयातमा रहेको परिमाणात्मक बन्देजका कारण बजारमा विकृति बढेको व्यवसायीको दाबी छ । चाहिनेजति सुन बजारमा नहुँदा सुन तस्कर बढ्ने गरेको कतिपयको भनाई छ ।

नेपालमा बेलाबेलामा ठूलो मात्रामा सुन बरामद हुने गरेको छ । तर बरामद हुने सुनको मात्राभन्दा अवैध कारोबार हुने सुनको मात्रा अझै ठूलो हुन सक्ने अनुमान छ । तस्करले अवैध रुपमा किनबेच गर्ने सुनको सानो हिस्सा मात्रै प्रहरीले फेला पार्ने गरेको छ । सुन चाँदी व्यवसायले नेपालमा तीन लाख जनशक्तिलाई रोजगारी प्रदान गरेको छ । तीन लाख जनशक्तिमध्ये एक लाख नेपाली कालीगढ हुन भने एक लाख विदेशी कालीगढले काम पाएका छन् । हाल नेपालबाट कालीगढका लागि मात्रै वार्षिक १७ अर्ब बाहिरिने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);