किमसँग भेटवार्ताका लागि ट्रम्प उत्सुक | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

किमसँग भेटवार्ताका लागि ट्रम्प उत्सुक

एजेन्सी, १५ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका शासक किमजोङ उनसँग भेटवार्ताका लागि उत्सुक रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत भेटका लागि आफू उत्सुक रहेको तर भेटवार्ता नभएसम्म उत्तर कोरियामाथि लागाइएको प्रतिबन्ध यथावत रहने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ उनबीच भेटवार्ता हुने भनिए पनि मिति र स्थान भने तय भइसकेको छैन । तथापी अमेरिकी राष्ट्रपति ट्रम्पले आफू किमसँगको भेटका लागि उत्सुक भएको बताएका छन्।

त्यसो त दुई दिन पहिले रेल चढेर चीन पुगेका किमले चीनियाँ राष्ट्रपति सी जिन पिङसँग गरेको भेटलाई ट्रमसँग हुने भनिएको वार्ताको तयारी भएको विश्लेषण गरिएको छ । चीनियाँ राष्ट्रपतिले किमसँगको वार्ता सफल भएको ट्रम्पलाई जानकारी गराएपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।

सन् २०११ मा उत्तर कोरियाको सत्ता सम्हालेपछि किमको पहिलो बिदेश भ्रमण चीन भएको हो । ट्रम्पले मानवताका लागि किमले सही फैसला गरी अघि बढ्ने बताउँदै भेटवार्ताका निम्ति पर्खिने बताएका छन् । ट्रम्प–किम भेटवार्ता सफल भए ट्रम्प उत्तर कोरियाका शासकसँग भेट्ने पहिलो अमरिकी राष्ट्रपति हुनेछन् ।

मूलतः अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रम रोक्न खोजेको छ । त्यो कुरा उत्तर कोरियाको शर्त अमेरिकाले पूरा गरेमात्र सम्भव हुने जानकारहरु बताउँछन । उता सिन्हवा न्यूज एजेन्सीले पनि किमको शर्त ट्रम्पले स्वीकार गरे उत्तर कोरियाले परमाणु कार्यक्रम रोक्न सक्ने जनाएको छ ।

यसैबीच न्यूयोर्क टाइम्सले सेटेलाइटका माध्ययमबाट जारी गरेको तस्बीरमा उत्तर कोरियाले एउटा नयाँ परमाणु रियाक्टर बनाएको दाबी गरेको छ । जसले २० किलोग्राम प्लुटोनियम तैयार गर्न सक्ने तथा त्यसको प्रयोग हतियार निर्माणमा हुने खुलासा संचारमाध्यमहरुले गरेका छन् ।

चीन र उत्तर कोरियाबीचको सम्बन्धकै कारण उत्तर कोरियाले चारैतिरको प्रतिबन्धका बाबजुद खाद्यान्न र ईन्धन आपूर्ती सहज ढंगले पाइरहँदा उत्तर कोरियाको जनजीवन सहज बनेको छ । साथै उत्तर कोरियाले पटक–पटक क्षेप्यास्त्र परीक्षण गरी आफ्नो शक्ति संसारसामु प्रदर्शन गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);