पर्सा, १५ चैत । नेकपा एमालेका नेता माधव नेपालले विकास निर्माणको ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई कारबाही गर्नुपर्ने बताएका छन् । पर्सामा तटबन्ध निर्माणको उद्धघाटन गर्दै नेता नेपालले ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।
पाँच बर्षको लागि स्थायी सरकार बनेको भन्दै नेता नेपालले अब विकास निर्माणले गतिलिने बताए । पर्साको आरिया खोलाको बाडीबाट जोगिन छिपहरमाई गाउँपालिकाले ६८ लाखको लागतमा तटबन्ध बनाउन लागेको हो ।