व्यवसायीमाथी गोली प्रहार गरेको आरोपमा ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

व्यवसायीमाथी गोली प्रहार गरेको आरोपमा ४ जना पक्राउ

रुपन्देही, १२ चैत । भैरहवाका व्यवसायी हरिस सेठियामाथी गोली प्रहार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । गोली प्रहार घटनामा ६ जनाको संलग्न रहेपनि ४ जनलाई रुपन्देही प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीले सुटर भारतीय नागरिक रमजान मुसलमान, मन्जुर मुसलमान र नजाबुद्दिन मुसलमानलाई सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेका भारतीय नागरिक अजय जयसवाल फरार रहेको प्रहरीले जनाएको छ ।

सार्वजनिक गरिएको चारै जनालाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । सेठियामाथि गत फागुन १ गते र २८ गते २ पटक गोली प्रहार भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);