गोपाल शर्मा
दाङ, १० चैत । नेपाली कांग्रेसका केन्द्रिय सदस्य खुमबहादुर खड्काको स्वास्थ्य लाभको कामना गर्दै दाङमा पुजापाठ गरिएको छ । नेपाल विद्यार्थी संघ दाङ क्षेत्र नम्बर ४ को आयोजनामा तुल्सीपुरको त्रिसिद्वेश्वरी मन्दिरमा पुजापाठ गरिएको हो ।
केहि दिन देखि भारतमा उपचार गराई रहेका नेता खड्काको स्वास्थ्यमा थप समस्या बढ्दै गएपछि उनको स्वास्थ्य लाभको कामना गर्दै मन्दिरमा पुजापाठ र जपपाठ गरि स्वास्थ्य लाभको कामना गरिएको नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष एकराज खड्काले बताए ।
उनले बिरामी भएका खड्काको स्वास्थ्य लाभको कामना गर्दैै रुद्रीपाठ, जप र धार्मीक पुजापाठ समेत गरिएको जानकारी दिए । उनले खड्काको स्वास्थ्य लाभको कामना गर्दै भगवानसंग प्राथना गर्दै बैदिक विधि पुर्वत मन्दिरमा पूजापाठ गरिएको बताए ।
पूजापाठमा काँग्रेसे जिल्ला नेतृत्वसंगै जिल्लाका धेरैजसो कांग्रेसका नेता कार्यकर्ताहरु, र शुभेच्छुकहरु उपस्थित भएका थिए । २ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका खड्काको स्वास्थ्यमा थप समस्या देखिएपछि भारतको नयाँदिल्ली स्थित एपोलो अस्पतालमा केहि दिन देखि उनको उपचार भइरहेको छ ।
मृगौला, स्वासप्रस्वास र बाथसम्बन्धी समस्याका कारण नेता खड्का गम्भीर बिरामी परेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खड्का मिर्गौला प्रत्यारोपण गरिए पनि निरन्तर कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका थिए ।




