एनसीसी बैंकको केन्द्रीय कार्यालयमा सीआईबीको छापा | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

एनसीसी बैंकको केन्द्रीय कार्यालयमा सीआईबीको छापा

एनसीसी बैंकको केन्द्रीय कार्यालयमा सीआईबीको छापा सञ्चालक समितिको बैठक बसिरहेका बेला छापा मारेको छ ।

ncc bank

काठमाडौं, २ चैत । एनसीसी बैंकको केन्द्रीय कार्यालयमा सीआईबीको छापा सञ्चालक समितिको बैठक बसिरहेका बेला छापा मारेको छ ।

सञ्चालक र व्यवस्थापक गरी बैंकका दुई दर्जनभन्दा बढी पक्राउ बैंक मर्ज हुँदा दुई अर्ब रुपैयाँभन्दा बढी घोटाला भएको आशंका रहेको छ । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ ।

शुक्रबार बोर्ड बैठक जारी रहेको वेला प्रहरीको टोलीले छापा मारेको हो । बैंक मर्ज हुँदा करिब २ अर्ब रुपैयाँ घोटाला भएको आशंकामा सीआईबीले अनुसन्धान थालेको हो । प्रहरीले केहीवेरमै घटना बारे विस्तृत विवरण सार्वजनिक गर्ने सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले बताए ।

सीआईबी स्रोतका अनुसार प्रहरी ३० भन्दा बढी अधिकारीलाई पक्राउ गरेको छ । यद्यपि, उनीहरुको विवरण अहिले सार्वजनिक गरिएको छैन

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);