प्रधानन्यायाधीश पराजुलीको अवकाश पाएको पत्र काटेसँगै सर्वोच्च अदालत अन्योलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

प्रधानन्यायाधीश पराजुलीको अवकाश पाएको पत्र काटेसँगै सर्वोच्च अदालत अन्योलमा

न्याय परिषद्का सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई गत साउन २१ गते नै अवकाश पाइसकेको भन्दै पत्र थमाएपछि सर्वोच्च अदालतमा ठूलो अन्योल देखिएको हो ।

sarbochha adalat

काठमाडौं, १ चैत । सर्वोच्च अदालतमा ठूलो अन्योल उत्पन्न भएको छ ।

न्याय परिषद्का सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई गत साउन २१ गते नै अवकाश पाइसकेको भन्दै पत्र थमाएपछि सर्वोच्च अदालतमा ठूलो अन्योल देखिएको हो । पराजुलीलाई अवकाशको पत्र थमाइएसँगै सर्वोच्चको प्रधान न्यायाधीशको कुर्सीमा को बस्ने भन्ने विवाद सुरु भएको छ ।

न्याय परिषद्का सचिव निरौलाले काटेको पत्रको वैधानिकतामाथि नै प्रश्न उठेका बेला सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले आफूले कायम मुकायम प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी सम्हालिसकेको भन्दै अवकाशपत्र पाइसकेका पराजुलीलाई काम गर्न नदिने बताएका छन । तर पराजुलीले भने पत्रको बैधानिक हैसियत नरहेको भन्दै सर्वोच्च अदालतमा उपस्थित भएर पेशी तोक्ने र फैसला गर्ने कामलाई निरन्तरता दिने बताएका छन ।

पराजुलीको जन्ममिति र शैक्षिक प्रमाणपत्रका विषयमा केही वर्ष यता प्रश्न उठ्दै आएकामा न्याय परिषद्का सचिव निरौलाले बुधबार पराजुलीले ६५ वर्षे उमेर हदका कारण गएको साउन २१ गते नै अवकाश पाइसकेको पत्र काटेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);