काठमाडौं, २९ फागुन । कुमारी बैंक लिमिटेडले हाल सञ्चालनमा रहेको कोर बैंकिङ्ग सिष्टमलाई परिर्वतन गरी अत्याधुनिक सफ्टवेयर फिनाकल प्रयोगमा ल्याएको छ ।
बैँकले सोमबार पत्रकार सम्मेलन गरी फिनाकल प्रयोगबारे जानकारी दिएको हो । ग्राहकवर्गलाई आधुनिक, गुणस्तरिय तथा सुरक्षित सेवा दिने उद्देश्यले नयाँ प्रविधी भित्राएको बैँकले उल्लेख गरेको छ । देशमा बैंकिङ्ग क्षेत्रमा नयाँ प्रविधी भित्र्याउन कुमारी वैँकले अग्रणी भुमिका खेलेको बैँकले दाबी गरेको छ ।
हाल कुमारी बैंकले ७४ शाखा तथा २ वटा एक्सटेन्सल काउन्टर सहित ५७ एटिएमबाट ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।




