माओवादी संसदीय दलको प्रमुख सचेतकमा देव गुरुङ | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

माओवादी संसदीय दलको प्रमुख सचेतकमा देव गुरुङ

काठमाडौं, २५ फागुन । माओवादी केन्द्रको संसदीय दलको प्रमुख सचेतकमा देव गुरुङ चुनिएका छन् । खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज विहान बसेको पार्टी हेडक्वाटरको बैठकले गुरुङलाई संसदीय दलको प्रमुख सचेतकमा चयन गरेको छ ।

गुरुङले सभामुख पदमा दाबी गर्दै आएका थिए । तर अध्यक्ष दाहालका विश्वासपात्र मानिने कृष्णबहादुर महरालाई उनको चाहना अनुसार सभामुख पद दिएर गुरुङलाई संसदीय दलको नेता बनाइएको हो ।

संसदीय दलको प्रमुख सचेतकले संसदीय समितिको सभापति सरहको सुविधा पाउने व्यवस्था छ । प्रमुख सचेतकको काम संसदीय दलको निर्देशनमा रही गतिविधि सक्रिय बनाउने र सञ्चालन गर्ने हुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);